२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

कर्मचारीलाई कोरोना देखिएपछि प्रशासनको सेवा स्थगित

  • २०७८ माघ ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • माघ ९, २०७८

    चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौतारामा सोमबारदेखि आगामी आइतबारसम्म सबै सेवा बन्द भएको छ। कार्यालयका अग्रपंक्तिमा काम गर्ने ४ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि नागरिकता लगायतका सबै सेवा स्थगित गरेको हो।

    कार्यालयले जारी गर्ने नयाँ नागरिकता वितरण र प्रतिलिपि नागरिकता वितरण सहित प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर आदि सच्याउन खडा गरिने पर्चा आदेश, सिफारिस जस्ता सेवाहरु माघ १६ गतेसम्म उपलब्ध नहुने प्रशासकीय अधिकृत नारायण लघुले बताए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस