२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

सिन्धुपाल्चोकको नौकिलोमा जिप दुर्घटना‚ चारजना घाइते

  • २०७८ माघ ८, शनिबार मा प्रकाशित ४ साल अघि
  • माघ ८, २०७८

    चौतारा । सुनकोशी गाँउपालिका ६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ च ८५७७ नम्बरको जिप शनिबार बिहान करिब ९ बजे दुर्घटना भएको हो।

    जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाडीचौरले जनाएको छ।

    घाइतेमध्ये तीन जनाको अवस्था सामान्य र एक जनाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौरमा लगिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस