२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

एमाले महाधिवेशन : कोको छन् सिन्धुपाल्चोकबाट आकांक्षी ?

  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ९, २०७८

    चौतारा : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाका आठ जनाले उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनमा केन्द्रीय सचिवदेखि स्थायी कमिटी सदस्य र अन्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

    सिन्धुपाल्चोकबाट पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सचिवको आकांक्षा व्यक्त गरेका छन्। पदाधिकारी नअटे स्थायी कमिटी सदस्यमा उनीहरुको बलियो सम्भावना छ।

    नेकपा एमालेको लेखा आयोगका पूर्व सदस्य सरेश नेपाल, पूर्वमाओवादीबाट आएका हालका केन्द्रीय सदस्य दावा तामाङ, पूर्वसासंद सुवास कर्माचार्य, बागमती प्रदेशका सदस्य केदार क्षेत्री, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारयण श्रेष्ठ र संविधानसभा सदस्य डोल्मा तामाङले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस