
कात्तिक २५, २०७८
चाैतारा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री पाण्डेले काँग्रेस संसदीय दलका सचिव समेत रहेका सिन्धुपाल्चोक प्रदेश नं. २ ‘ख’ का सांसद लामालाई स्वास्थ्य मन्त्री बनाएका छन्।
मुख्यमन्त्री पाण्डेले लामासँगै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बिहीबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री पाण्डेले यसअघि आफू नियुक्त भएलगत्तै गठबन्धनका दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस