२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

बागमती प्रदेशमा निमा लामा स्वास्थ्य मन्त्री बन्दै

  • २०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २५, २०७८

    चौतारा : बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्ति हुने भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

    कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका काङ्ग्रेस सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए।

    उनका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजनामन्त्री बन्दैछन्।

    अपरान्ह ५ बजे उनीहरूलाई शपथग्रहण गराइने तयारी छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस