२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

एमालेलाई कुनै गुटको राजनीति गर्न सुहाउँदैन : शेरबहादुर तामाङ

  • २०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १५, २०७८

    चाैतारा : नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेलाई कुनै गुटको राजनीति गर्न नसुहाउने बताएका छन्।

    नेकपा एमाले मेलम्ची नगर कमिटीको पहिलो अधिवेशनलाई सम्बाेधन गर्दै यस्तो बताएका हुन्।

    नगुटको राजनीति गर्ने र अरुको घोडा चडेर हिँड्नेहरु निस्किएर गएको उल्लेख गर्दै अब एकताबद्ध, निश्चल एमाले मात्रै रहेको उनकाे भनाइ छ।

    प्रचण्डको इसारामा माधव नेपालले पार्टी फुटाएको बताउँदै तामाङले प्रचण्ड राजनीतिको ऐंजेरु भएको बताए।

    यस्तै, आज हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ । नगर कमिटी अध्यक्षमा उपेन्द्र तामाङ र विजयकृष्ण श्रेष्ठले दावी गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस