२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित ४ साल अघि
  • असाेज ३१, २०७८

    चाैतारा : काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्। 

    रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं गइरहेको बेला सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी ) दक्षकुमार बस्नेतले बताए।

    डिएसपी बस्नेतका अनुसार घाइतेमध्ये चालक र सहचालकसहित ४ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र बाँकीको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।

    उनले यात्रुहरू बसबाट बाहिर नउछिट्टिएको र बसभित्रै सिट र झ्याललगायतमा ठोक्किएर सामान्य घाइते भएको जानकारी दिए।

    ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस