२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

मेलम्ची-पाँचपोखरी सडक सञ्चालन

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २८, २०७८

    चौतारा : मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ ।

    जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको हो ।

    सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस