२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

आज देशभर हल्का वर्षाको सम्भावना

  • २०७८ भाद्र २६, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ २६, २०७८

    चौतारा : मौसम पूर्वानुमान विभागका अनुसार नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै‚ मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।

    जसका कारण शनिबार बिहान प्रदेश १ र प्रदेश २ को मौसम बदली भई पानी परिरहेको छ। मनसुनी वायुको प्रभावको कारण यी दुवै प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ।

    प्रदेश १ मा दिउँसोसम्मै पानी परिरहने छ भने प्रदेश २ मा दिउँसो केही कम हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यले जनाकारी दिइन्। शाक्यका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा पानी पर्नेछ।

    यस्तै‚ दिउँसो र राति देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस