२०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

सहकारीको रकम हिनामिना गर्ने साँगाचोकका प्रकाश कारागार चलान

  • २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • भदौ २४, २०७८

    चौतारा : सहकारी माफर्त साढे ६२ लाख हिनामिना गरि फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

    साँगाचोकमा दिप सिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट संकलित हरूको रकम हिनामिना गरेका प्रकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई २५ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । सो तिर्न नसक्दा उनलाई कारागार चलान गरिएको छ ।

    सहकारीमा मुद्दति खाताको हकमा तोकीएको समय पुगेपछी र साधारण खातामा जम्मा गरेको रकम जुनसुकै बखत झिक्न र आफुले चाहेको रकम जम्मा गरेमा राम्रो ब्याज दिने प्रलोभन दिई ६७ जना मानिसहरुबाट ६७ लाख ६६ हजार २ सय उनन्चालिस रूपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप पक्राउ गरेकोजिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑