२०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

माओवादी केन्द्र मेलम्ची-काठमाडौं सम्पर्क समितीको अध्यक्षमा बस्नेत

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित ५ साल अघि
  • भदौ १३, २०७८

    चौतारा : नेकपा माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छन्।

    शनिबार काठमाडौंमा सम्पन्न भेलाले बस्नेतको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको हो।

    समितीको ईन्चार्ज एमवी थापा , सहइन्चार्जमा मिथीला सिग्देल आचार्य, उपाध्यक्षहरुमा ज्ञानसिङ वाईवा, गायत्री चौलागाँई, सुजन आचार्य, सचिवमा अर्जुन श्रेष्ठ, सह सचिवमा श्याम कुमार तामाङ र कोषध्यक्षमा प्रकाश चौलागाईँ चयन भएको माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य सिपी दुलाल बताए।

    पार्टी र सङठनलाइ मजबुुत बनाउन सबै लाग्नुपर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला सह ईन्चार्ज माधव सापकोटा सुवोधले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑