२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

सभामुखले वीर अस्पतालमा गराए दाँतको शल्यक्रिया ​

  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ८, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाको दाँतको शल्यक्रिया गरिएको छ। मंगलबार विहान वीर अस्पतालको डेन्टल विभागमा​ सामान्य शल्यक्रिया गरिएको उनको निजी सचिवालयले जनाएको छ।

    शल्यक्रिया गरेर उनको दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो। डेन्टल विभागकी प्रमुख डा।शैली प्रधान, डा। किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले जाँचपश्चात सफलतापूर्वक शल्यक्रिया गरेका हुन्।

    सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि शल्यक्रियाको समय लिइएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन्।

    सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन्। सभामुखले उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन गरेका उनको सचिवालयले जनाएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस