२०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

  • २०७८ श्रावण २०, बुधबार मा प्रकाशित ५ साल अघि
  • साउन २०, २०७८

    काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि देखि आईपीओ बिक्री खुला भएको छ। 

    प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने ३ लाख कित्ता सेयर छुट्याएको छ।

    बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

    यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ।

    लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस