२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

एमालेले असोज ३ मा वडा र ९ गते पालिकास्तरको अधिवेशन गर्ने

  • २०७८ श्रावण १८, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १८, २०७८

    काठमाडौं : नेकपा (एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

    आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए। उनले स्थायी कमिटीको बैठक भोलि पनि बस्ने बताए।

    साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले सदस्यता नवीकरण र अद्यावधिक गर्न केन्द्रमा पठाइसक्नुपर्ने उनले जानकारी दिए।

    ‘यो किन गर्नुपरेको हो भने भदौँ २७ र २८ गते विधान अधिवेशन गर्दैछौँ। विधान अधिवेशनको लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरिएको छ।’

    महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए। विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस