२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालकसहित ४ घाइते

  • २०८० फागुन ९, बुधबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा आज बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

    इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो।

    ६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन्। चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए।

    घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए। दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%

    प्रतिक्रिया दिनुहोस