२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

प्रेस सेन्टर सिन्धुपाल्चोकले संगठनमा आवद्ध सदस्यहरूकाे सामाजिक सञ्जाल अनुगमन गर्ने 

  • २०८० माघ २४, बुधबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले संगठन र मातृ पार्टी नेकपा (माओवादी ) केन्द्रकाे जिम्मेवारीमा रहेर सामाजिक सञ्जालमा पार्टी र संगठनकाे विरुद्धमा लेख्नेहरुकाे अनुगमन गर्ने भएकाे छ । 

    केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा,सिन्धुपाल्चोक जिल्ला संयाेजक गाेविन्द पराजुली र प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विदुर गिरीकाे उपस्थितिमा बुधबार चाैतारामा बसेकाे प्रेस सेन्टर सिन्धुपाल्चोककाे पाँचाैं विस्तारित बैठकले पूर्व जिल्ला संयाेजक दिपक खत्रीकाे संयाेजकत्वमा ५ सदस्यीय सामाजिक सञ्जाल अनुगमन समिति गठन हाे।

    संगठनका अध्यक्ष सुन्दर शिरिषका अनुसार समितिले माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुले पार्टीकाे हित विपरित स्टाटस र कमेन्ट लेखेकाे पाइए त्यसकाे प्रमाणसहित जिल्ला पार्टी समक्ष पेस गर्नेछ ।

    पार्टीकाे जिम्मेवारीमा रहेर सामाजिक सञ्जालमा पार्टीकै हित विपरित लेखेकाे पाइएमा सुरुमा सचेत गराइने र गल्ती दाेहाेर्याए कारवाही गरिने माओवादी केन्द्र सिन्धुपाल्चोकका संयाेजक गाेविन्द पराजुलीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%

    प्रतिक्रिया दिनुहोस