२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

विद्यालयलाई आविष्कार केन्द्रकाे रूपमा विकास गर्नुपर्छ : पूर्वसभामुख सापकाेटा

  • २०८० माघ २३, मंगलबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । नेकपा (माओवादी केन्द्र ) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले विद्यालयहरुलाई विचार आविष्कार केन्द्रकाे रुपमा विकास गर्दै लानुपर्ने बताएका छन् ।

    सेतिदेवि पञ्चकन्या माद्यामिक विद्यालय कुविण्डेकाे ४७ औं बार्षिकाेत्षव तथा अभिभावक भेलालाई सम्बाेधन गर्दै शिक्षालाई प्रविधिसँग जाेड्नुपर्नेमा जाेड दिए।

    उनलेे देशकाे राजनिती परिवर्तनमा गृहगाउँ कुविण्डेकाे याेगदानबारे रहेकाे चर्चा गरे । उनलेे भने, ‘कुविण्डे एउटा ऐतिहासिक भुमि हाे । त्यसको महत्व बुझेरै चिनियाँ सरकारले कुविण्डेमा जिवन्त गाउँ परियाेजना अगाडि बढाएकाे हाे।’

    कार्यक्रममा सिन्धुपाल्चोक- १  का सांसद माधव सापकाेटाले परिवर्तन विराेधीहरुले देशलाई प्रतिगमनतिर लान खाेजेपनि त्याे सम्भव नहुने बताए ।  देशकाे अहिलेकाे व्यवस्थानै उन्नत व्यवस्था भएकाले राजतन्त्रको सपना नदेख्न समेत चुनाैति दिए ।

    यस्तै, चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटाले विद्यालयकाे संस्थागत विकासकाे लागि रकम अभाव नहुने भएकाले उपयुक्त याेजना बनाएर अगाडि बढ्न विद्यालयलाई आग्रह गरे ।

    बार्षिकाेत्षव समाराेहमा उत्कृष्ट छात्र छात्राहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएकाे थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेला सापकाेटाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस