२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

राजेन्द्र लिङ्देनकाे आरोप- ठूला दल फरक देखिएपनि भ्रष्टाचार गर्न एक ठाउँमा उभिन्छन्

  • २०८० माघ २०, शनिबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशकाे विकास गर्न शासकिय स्वरुप परिवर्तन गर्न आवश्यक रहेकाे बताएका छन्। हालकाे जनप्रतिनिधिको भार देशले थेग्न नसक्ने भएकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था गरि जनप्रतिनिधिको संख्या घटाउनुपर्ने उनको भनाइ छ।

    शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वाेधन गर्दै उनलेे भने- ‘नेपाल जस्ताे सानाे मुलुकमा प्रदेश संरचना र राष्ट्रिय सभाकाे आवश्यकता छैन खारेज गर्नुपर्छ। ३ कराेड भन्दा कम जनसंख्या रहेकाे देशमा संघीय सरकार र बलियाे (अधिकार सम्पन्न ) स्थानीय सरकार भए पुग्छ।’

    हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुकाे संलग्नता रहेकाे बताउँदै तीन दशकदेखि ठुला दलहरुकै कारण देशकाे अर्थतन्त्र धरासयी भएकाे आराेप लगाए । अन्य दलहरु देख्दा फरक देखिएपनि भ्रष्टाचार गर्ने सवालमा एक ठाउँमा उभिने गरेकाे उनकाे आरोप छ।

    ठूला दलहरुकै कारण नेपालमा झन् गरिबी बढ्दै जाने र जनशक्ति पलायन हुँदै जाने क्रम नराेकिएकाले अब आफ्नाे पार्टीले हस्तक्षपकारी भूमिका खेल्ने उद्घाेष गरे ।

    केन्द्रीय सदस्य उदय सापकाेटाले नेपालमा जनभावना बुझ्ने पार्टी भनेकै राप्रपा भएकाले अब मुलुकलाई राप्रपाले नेतृत्व गर्नुपर्ने बताए ।

    यस्तै राप्रपा नेतृ एवं बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले राप्रपासँग सहि नीति र नेतृत्व भएकाले आफ्नाे पार्टीले नै देशकाे विद्यमान समस्या समाधान गर्न सक्ने जिकिर गरिन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस