२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

स्वास्थ्य मन्त्रीकाे आश्वासन- उपचार गर्न पैसा अभावले काेहि मर्नुपर्दैन, त्यसको जिम्मा म लिन्छु

  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • चाैतारा । स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पैसा अभावकाे कारण कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु नपर्ने बताएका छन् ।

    शुक्रबार चाैतारा साँगाचाेकगढी नगरपालिकामा आयाेजित क्षयरोग मुक्त नेपाल अभियान २०८० दाेस्राे चरणको कार्यक्रम शुभारम्भ गर्दै पैसा अभावका कारण उपचार नपाएर कुनै नागरिककाे मृत्यु भएमा त्यसको जिम्मा स्वास्थ्य मन्त्रीकाे हैसियतले आफूले लिने उद्घाेष गरे।

    मन्त्री बस्नेतले पैसा अभावकाे कारण कसैले मृत्युुवरण गर्नु नपर्न बताइरहँदा बस्नेतकै गृह जिल्लामा आधा दर्जन बढी बचाउ अभियान मार्फत रकम संकलन भइरहेका छन् ।

    उनले नेपालका कुनै पनि अस्पतालहरुले १० प्रतिशत विरामीकाे निःशुल्क उपचार गर्न आनाकानी गरेकाे पाइएमा त्यसको दर्ता खारेज गरिने बताए । शैक्षिक पलायनलाई राेक्दै छिट्टै डाक्टर नर्सहरुलाई नेपालमै टिक्ने वातावरण बनाउदै नेपाललाई मेडिकल हवकाे रुपमा गर्ने बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस