२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

पाँचपाेखरी पुगेर आ‍ेलीले भने- ८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ

  • २०८० माघ १७, बुधबार मा प्रकाशित ३ महिना अघि
  • मेलम्ची । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

    बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए ।

    अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।

    उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ । तर म तपाईंहरुलाई भन्न चाहन्छु, अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ । सूर्य अत्यन्त शक्तिशाली छ । नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरु हुन् । त्यसैबाट उछिट्टिएका । भने सूर्य त्यस्तो शक्तिशाली हो । त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले कहिले ग्रहण लाग्छ । तर ग्रहण सधैँ त लाग्दैन नि । देशलाई पनि कहिले कहिले ग्रहण लाग्छ । एउटा फुच्चे चन्द्रमाले सूर्यमा ग्रहण लगाइदिन्छ । यहाँ त आठ, १० वटा गठबन्धनेहरु छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ दश वटा एक ठाउँ ठोक्किएर आएका छन् । देश बनाउने कुरा सुन्नुभएको छ उनीहरुबाट । गठबन्धन जोगाउने भन्छन् । देश बनाउने होइन, गठबन्धन जोगाउने ।’

    अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभइ गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए । ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस