२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

सांसद सापकोटाद्वारा जालपा माविका विद्यार्थीसँग विधायिकी कार्यबारे छलफल

  • २०८० पौष २६, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • चाैतारा । जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोधले विद्यालयको कक्षा कोठमै पुगेर विद्यार्थीसँग विधायिकी कार्यबारे छलफल गरेका छन् ।
    संसदको बर्षे अधिवेशन सकिएर हिउँदे अधिवेशन सुरु नभएको समयमा ‘जनतासङ्ग सांसद’ र ‘विधायकसँग विद्यार्थी’ कार्यक्रम लिएर निर्वाचन क्षेत्रमा रहेका सापकोटाले बिहीबार जालपादेवी माध्यमिक विद्यालयका विद्यार्थीसँग कक्षा कोठामै छलफल गरेका हुन् ।
    बलेफी गाउँपालिका वडा नं ४, बिन्जेलस्थित जालपादेवी माध्यमिक बिद्यालयका कक्षा ९ देखि १२ सम्मका ७५ जना विद्यार्थी सहभागी कक्षामा उनले जनताको प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने विधायकले संसदमा खेल्ने भूमिकामा बारेमा चर्चा गरे ।
    विधायकका लागि तोकिएको काम, कर्तव्य र अधिकार हुने जानकारी गराएका उनले कानुन निर्माणमा सबैभन्दा ठूलो भूमिका हुने बताएका थिए । सांसद सापकोटाले नेपालमा वि.सं.२००७ सालपछिका उपलब्धिहरुका विषयमा संक्षिप्त चर्चा समेत गरेका थिए । कक्षा कोठमा आएका विधायकलाई विद्यार्थीहरुले एउटा सांसदले निर्वाचन क्षेत्रदेखि संससदसम्म खेल्ने भूमिकाका विषयमा जिज्ञासा राखेका थिए ।
    राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्वहरुलाई ल्याएर विद्यार्थीसँग छलफल गराउने विद्यालयको कार्यक्रम अन्तरगत सांसद सापकोटालाई विद्यालयमा निमन्त्रणा दिइएको व्यवस्थापन समितिका अध्यक्ष नारायण पराजुलीले जानकारी दिए ।
    सांसद सापकोटाले विद्यालय व्यबस्थापन समिति र शिक्षकहरुसँग विद्यालयको शैक्षिक र भौतिक विकासका सम्बन्धमा अलग्गै अन्तरक्रिया गरेका थिए। उनले विद्यालयको सिकाईलाई प्रविधिमैत्री र स्मार्ट बनाउन आवश्यक रहेकोमा जोड दिंदै शैक्षिक सामाग्री तथा विद्यालय बस सुरु गर्न सम्बद्ध निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस