२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

ओलीलाई माओवादीको स्वागत, बलेफीको मायाको चिनो

  • २०८० मंसिर २५, सोमबार मा प्रकाशित ५ महिना अघि
  • चौतारा । ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपि शार्मा ओलीलाई बलेफी गाउँपालिकाले मायाको चिनो दिएर स्वागत गरेको छ ।

    सोमबार विहान जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई बलेफी गाउँ पालिकाका अध्यक्ष गंगा बहादुर तामाङले न्यानो स्वागत गर्दै मायाको चिनो समेत दिए । तामाङ माओवादीबाट निर्वाचित पालिका अध्यक्ष हुन् ।

    ओलीलाई स्वागत गरेपछि उनको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर सार्वजनिक गरेको छ । अध्यक्ष तामाङले उनलाई यात्रा सफलताको शुभकामना समेत दिएका छन्।

    एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गते सुरु गरेको अभियान सिन्धुपाल्चोकको खाडीचौर पुगेको हो । खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले, एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दावी गर्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए ।

    यसैविच सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटेमा खादा लगाएर स्वागत गरेका छन् ।

    सिन्धुपाल्चोकमा गाउँपालिका र माओवादीले गरेको स्वागतको विषयलाई फोटो ‘अफ द डे’ भनेर चर्चा गरिएको छ । ओलीप्रति देखाईको उच्च राजनीतिक संस्कारको एमाले पंक्तिले खुलेर प्रशंसा गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस