२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

विकास र समृद्धिको लागि तीनै तहका सरकारले साझा लक्ष्य राख्नुपर्छ : सांसद सापकोटा

  • २०८० मंसिर ४, सोमबार मा प्रकाशित ५ महिना अघि
  • चौतारा । नेकपा माओवादीका सांसद माधव सापकोटाले तीनै तहका सरकारको समन्वयमानै विकास सहज हने बताएका छन् ।

    सिन्धुपाल्चोक १ का मतदाता भेटघाटको क्रममा बाह्रविसे नगरपालिका १ को विभिन्न बस्ती पुगेका सांसद सापकोटाले सबैको उद्देश्य विकास र समृद्धि भएकाले तीनै तहका सरकारको साझा लक्ष्य हुँदा काम गर्न सहज हुने उनको भनाइ छ।

    संघीय संसदको हैसियतले कानून निर्माण र निर्वाचन क्षेत्रको विकास दुबैलाइ आफूले सँगसँगै लैजाने उनले बताए। भोट माग्न समेत नेता आइनपुग्ने विकट बस्तीहरुमा सांसद आफ्नो घरदैलोमा आइपुगेपछि स्थानीयले खुसी व्यक्त गर्दै फुलमालाले स्वागत गरेका थिए ।

    आफूले चुनेर पठाएको सांसद समक्ष बाटो निर्माण, सिँचाइ, बाँदर नियन्त्रण जस्ता मागहरु स्थानीयले राखे। मतदाताको सुझाव सुनेपछि संसद सापकोटाले स्थानीय, प्रदेश र संघीय सरकारकोबीचमा समन्वय गरि समग्र विकासको निम्ति लागिरहेको बताए ।

    सडक स्तरोन्ति र कालोपत्रे पहिलो प्राथमिकतामा रहेको उनले बताए । खागदल, ठुलो पलाति, कर्थलि, दुरुङ्थलि, दोर्सा मोटरबाटो छिटै कालोपत्रे गरिने नेता सापकोटाले बताए । उक्त बाटो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको घर हुँदै जाने बाटो हो ।

    घरदैलोको क्रममा घोर्थली पुगेका सापकोटा र बागमती प्रदेश सभा सदस्य अमृता नेपालले बाह्रविसे नगरपालिका १ र त्रिपुरासुन्दरी गाउँपालिका १ जोड्ने १६४ मिटर लामो खामादिङ्ग खोला झोलुङ्गे पुलको समेत संयुक्त उद्घाटन गरेका थिए ।

    उनले छिटै प्राविधिक अध्ययन गरि केही विकास योजनाहरुको लगत तयार गरिने मतदातासामू बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस