२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

विद्यालय खोल्नु ठूलो होइन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ : मन्त्री दुलाल

  • २०८० भाद्र २४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • चौतारा । बागमती प्रदेश भौतिक विकास मन्त्री युवराज दुलालले विद्यालय खोल्नु भन्दा पनि टिकाउनु चुनौतिपूर्ण रहेको बताएका छन् ।

    आइतबार आफ्नो आफुले अध्ययन गरेको विद्यालय सिद्धि गणेश माविमा स्कुल बस हस्तान्तरण कार्यक्रलाई सम्बोधन विद्यालयको संख्या वृद्धि भन्दा पनि गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।

    माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेको मन्त्री दुलालले विद्यालयको सर्वाङ्गिण विकासको लागि आफू सधैं लागिपर्ने प्रतिबद्धता जनाए।

    आफू बागमती प्रदेश सामाजिक विकासमन्त्री हुँदा दुलालले विद्यालयलाई बस उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएका थिए । सामाजिक विकास मन्त्रालयको आ.व. २०७९/०८० को बजेटबाट शिक्षा विकास निर्देशनालय हेटौंडामार्फत् विद्यालयलाई बस उपलब्ध गराइएको हो ।

    हाल कक्षा १२ सम्म पठनपाठन भइरहेको विद्यालयमा ३ सय ५४ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक राजकुमार यादवले बताए। विद्यालयलाई बस उपलब्ध भएपछि विद्यार्थी र विद्यालयलाई महत्त्वपूर्ण सहयोग मिलेको उनले सुनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस