२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

अखिल क्रान्तिकारी चाैताराकाे नेतृत्वमा सुप्रिन्स कसजु

  • २०८० भाद्र २३, शनिबार मा प्रकाशित ८ महिना अघि
  • चाैतारा । अखिल (क्रान्तिकारी) चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे पाँचौ नगर अधिवेशनबाट सुप्रिन्स कसजु सर्वसम्मत चयन भएका छन् । शनिबार सहिद स्मृति हल चाैतारामा भएकाे अधिवेशनले कसजुकाे नेतृत्वमा ३५ सदस्यीय नगर कमिटि चयन गरेकाे हाे।

    उपाध्यक्ष जमुना श्रेष्ठ र भरत आउजु , सचिवमा समीर दंगाल , सहसचिव सम्झना थापा र रविना चाैलागाईं , काेषाध्यक्षमा सलिना श्रेष्ठ चयन भएका छन् ।

    सम्मेलनलाई सम्बाेधन गर्दै बागमती प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले भाेलिकाे देशकाे भविष्य अहिले विद्यार्थी भएकाले अहिलेसम्म नैसहि बाटाे अंगाल्नुपर्ने बताए । धेरै पढेर शैक्षिक प्रमाणपत्र थुपार्ने भन्दा पढेकाे कुरालाई व्यवहारमा उतार्नु राम्रो हुने मन्त्री दुलालकाे भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस