२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

अखिल क्रान्तिकारी चाैताराकाे नेतृत्वमा सुप्रिन्स कसजु

  • २०८० भाद्र २३, शनिबार मा प्रकाशित २ साल अघि
  • चाैतारा । अखिल (क्रान्तिकारी) चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे पाँचौ नगर अधिवेशनबाट सुप्रिन्स कसजु सर्वसम्मत चयन भएका छन् । शनिबार सहिद स्मृति हल चाैतारामा भएकाे अधिवेशनले कसजुकाे नेतृत्वमा ३५ सदस्यीय नगर कमिटि चयन गरेकाे हाे।

    उपाध्यक्ष जमुना श्रेष्ठ र भरत आउजु , सचिवमा समीर दंगाल , सहसचिव सम्झना थापा र रविना चाैलागाईं , काेषाध्यक्षमा सलिना श्रेष्ठ चयन भएका छन् ।

    सम्मेलनलाई सम्बाेधन गर्दै बागमती प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले भाेलिकाे देशकाे भविष्य अहिले विद्यार्थी भएकाले अहिलेसम्म नैसहि बाटाे अंगाल्नुपर्ने बताए । धेरै पढेर शैक्षिक प्रमाणपत्र थुपार्ने भन्दा पढेकाे कुरालाई व्यवहारमा उतार्नु राम्रो हुने मन्त्री दुलालकाे भनाइ छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस