२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

जनता र उत्पादनसँग जाेडिन कार्यकर्तालाई प्रवक्ता सापकाेटाकाे निर्देशन

  • २०८० भाद्र १६, शनिबार मा प्रकाशित ८ महिना अघि
  • चाैतारा । नेकपा (माओवादी केन्द्र ) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकाेटाले सिन्धुपाल्चोककाे लिसंखुपाखर गाउँपालिकाबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियानकाे सुरुवात गरेका छन्। लिसंखुपाखरकाे वाफल पुगेर सापकाेटाले काउलिकाे बिरुवा राेपेर अभियान सुरुवात गरेेका हुन्।

    ´घरघरमा माओवादी , जनजनमा माओवादी `भन्ने स्लाेगानका साथ शनिबार माओवादी केन्द्रले देसभरका (६७४३) वडाहरुमा एकैसाथ अभियानकाे उद्घाटन गरेकाे छ । अभियान सुरुवात गर्ने क्रममा गृह जिल्ला सिन्धुपाल्चोक पुगेका सापकोटाले त्यहाँ स्थित जनहित कृषि फार्म र अभियानकाे एकैसाथ उद्घाटन समेत गरे।

    अभियानकालाई सम्वाेधन गर्दै पुर्व सभामुख सापकाेटाले कृषि उद्योग र विज्ञानलेनै देसलाइ समृद्ध बनाउन सकिने बताए। नेपालमा सबै कुरा भएर पनि हाम्रो इच्छाशक्ति र इमानदारीता नभएकै कारण देशले विकासकाे लय पक्रन नसकेकाे बताए।

    देशलाई कृषिमा निर्भर बनाउन सकिए मात्रै स्वाधिनतातिर लम्कने उनकाे भनाइ छ। उनलेे जनता  र उत्पादनसँग जाेडिन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस