२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

नयाँ जिम्मेवारी पाएपछि अग्नि सापकोटा सक्रिय, ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

  • २०८० श्रावण २३, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् ।

    हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् ।

    माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस