२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

अग्निप्रसाद सापकोटालाई माओवादी प्रचार विभागको जिम्मेवारी

  • २०८० श्रावण २१, आईतबार मा प्रकाशित ९ महिना अघि
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी रहेको केन्द्रीय समिति बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई नयाँ जिम्मेवारीको प्रस्ताव गरेका थिए ।

    प्रस्तावित जिम्मेवारी अनुसार पार्टीको प्रचार विभाग प्रमुखको जिम्मा अग्नी सापकोटालाई दिने तयारी रहेको छ । पूर्व सभामुख सापकोटा अहिले माओवादी केन्द्रको उपाध्यक्ष छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस