२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

नेकपा एसले कारबाही गरेको भोलिपल्टै एमाले फर्किए सुवास कर्माचार्य

  • २०८० श्रावण २०, शनिबार मा प्रकाशित ९ महिना अघि
  • चाैतारा । नेकपा एकीकृत समाजवादीको कारबाहीमा परेका सुवास कर्माचार्य नेकपा एमालेमा फर्र्किका छन्।

    गत बिहीबारको समाजवादीको सचिवालय बैठकले कारबाही गरेको थियो। उनीसँगै सिन्धुपाल्चोकका नेताहरू गम्भीरलाल श्रेष्ठ, उपेन्द्र तामाङ, शिवराम भट्टराई, समाजवादी सचिव दीपक नेपाल, उपसचिव रवि भण्डारीलगायतको नेता पनि एमाले प्रवेश गरेका छन्।

    उनीहरूलाई सिन्धुपाल्चोकस्थित चौतारामा आयोजित एक कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन्।

    कार्यक्रममा महासचिव शंकर पोखरेलको हातबाट टिका लगाएर प्रवेश गरेका उनीहरूलाई महासचिव पोखरेल र जिल्ला इन्चार्ज गोकुल बास्कोटाले स्वागत गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस