२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

एमाले फर्किन लागेपछि सुवास कर्माचार्य नेकपा एसबाट निष्कासित

  • २०८० श्रावण १९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • चाैतारा । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

    केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    कर्माचार्य शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दैछन् ।

    खतिवडाले भने- पार्टीको नीति कार्यक्रम,संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी अनेकौपटक सम्झाउँदा पनि पार्टी हितका विरुद्ध गतिविधि गरकोले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस