२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

देशभर भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

  • २०८० श्रावण १, सोमबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं । देशभर आज पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

    बिहान पनि गण्डकी प्रदेशका केही तथा कोशी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    यस्तै राति मधेश प्रदेशका एकरदुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ– कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    आज दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस