२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ : गोकुल बास्कोटा

  • २०८० श्रावण १, सोमबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

    आइतबार प्रतिनिधिसभामा उनले भने, ‘हामी समाजवादी हां भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं । जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन सकेको छैन ।’

    सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा समेत गुठी समस्या रहेको उनले बताए ।

    ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो’ उनी भन्छन्, ‘मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’

    अन्यत्र पनि गुठी समस्या रहेको उनले बताए । ‘चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतिमा २५ सय बढी मान्छेहरुको जमिन उनका नाममा छैनन । तर जमिन कमाइरहेका छन् । यो समस्याको समाधान होस्’ एमाले सांसद बास्कोटाले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस