२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बागमतीका भौतिक पूर्वाधारमन्त्री दुलालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

  • २०८० अषाढ ७, बिहिबार मा प्रकाशित १0 महिना अघि

  • असार ७, २०८०
    चाैतारा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

    भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी पनि राखेपछि नेपालमा चौतर्फी आलोचना भइरहेको छ । मन्त्री दुलाल माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका हुन् ।

    अखण्ड भारतको नक्सापछि ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरूमा आफ्नो कार्यकक्षमा राखेका थिए । त्यसपछि विभिन्न पालिकाका जनप्रतिनिधिले पनि बालेनको सिको गर्दै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस