२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

बागमतीमा घट्यो गाडी भाडा, चौतारा-काठमाडौंको अब कति ?

  • २०८० जेष्ठ १२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • जेठ १२, ०८०

    चौतारा । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

    नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ । काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५।६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

    उनका अनुसार नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि लागू हुन्छ।

    बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका थिए । अब न्यूनतम १७ रूपैयाँ लाग्ने बताइएको छ । अब चौतारा काठमाडौं रुटको भाडा २८६ बाट २७४ पुगेको छ।

    यस्तै, बाह्रविसे काठमाडौं ३०८ बाट २९५, मेलम्ची काठमाडौं २७३ बाट २२८ कायम भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस