२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बागमतीमा घट्यो गाडी भाडा, चौतारा-काठमाडौंको अब कति ?

  • २०८० जेष्ठ १२, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • जेठ १२, ०८०

    चौतारा । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

    नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ । काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५।६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

    उनका अनुसार नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि लागू हुन्छ।

    बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका थिए । अब न्यूनतम १७ रूपैयाँ लाग्ने बताइएको छ । अब चौतारा काठमाडौं रुटको भाडा २८६ बाट २७४ पुगेको छ।

    यस्तै, बाह्रविसे काठमाडौं ३०८ बाट २९५, मेलम्ची काठमाडौं २७३ बाट २२८ कायम भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस