२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बागमतीको सञ्चार रजिष्ट्रारमा पुनः सापकोटा नियुक्त

  • २०७९ चैत्र २८, मंगलबार मा प्रकाशित १ साल अघि
  • चैत २८, २०७९

    चाैतारा । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकका रेवती सापकोटालाई पुनः प्रदेशको सञ्चार रजिष्ट्रार नियुक्त गरेको छ ।

    यस अघि पनि रजिष्ट्रार रहेका सापकोटा दोस्रो कार्यकालका लागि प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सापकोटालाई प्रदेश रजिष्ट्रारमा नियुक्त गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।

    मन्त्रीपरिषदले आज प्रदेश चिठ्ठा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश सभामा पनि पेस गर्न स्वीकृत प्रदान गरिएको छ ।

    मन्त्रिपरिषदले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृत गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार आजकै बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस