२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

युवराज दुलाल बने बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री

  • २०७९ माघ ११, बुधबार मा प्रकाशित १ साल अघि
  • माघ ११, २०७९

    चौतारा । नेकपा माओवादीका सांसद युवराज दुलाल बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। उनी बुधबार दिउँसो भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका हुन्।

    दुलाल सिन्धुपाल्चोकका सांसद हुन्। दुलालसहित आठ मन्त्री नियुक्त गरेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सरकारलाई पूर्णता दिएका छन्।

    यस्तो बन्यो बागमतीको मन्त्रिपरिषद्

    १) शालिकराम जम्कट्टेल– मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    २. जगन्नाथ थपलिया– मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
    ३. उद्धव थापा– मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
    ४. गंगानारायण श्रेष्ठ– मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
    ५. कुमारी मुक्तान– मन्त्री, सामाजिक विकास मन्त्रालय
    ६. युवराज दुलाल– मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
    ७. केशवप्रसाद पोखरेल– मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
    ८. रामेश्वर श्रेष्ठ– मन्त्री, स्वास्थ्य मन्त्रालय
    ९. एकालाल श्रेष्ठ– मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
    १० .डम्बर तामाङ– मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
    ११. राजु विष्ट– मन्त्री, वन तथा वातावरण मन्त्रालय

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस