२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

  • २०७९ मंसिर १२, सोमबार मा प्रकाशित १ साल अघि
  • मंसिर १२, २०७९

    चौतारा । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।

    विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए।

    उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।

    विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाउनुभयो । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताए ।

    हाइकिङ र ¥याफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस