२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

शेरबहादुरलाई संकेत गर्दै युवराजले भने : आफूले गरेकाे काम देखाएर भाेट माग्नुस्

  • २०७९ कार्तिक १२, शनिबार मा प्रकाशित १ साल अघि
  • कात्तिक १२, २०७९

    चाैतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा २(क) का उम्मेदवार युवराज दुलालले दाेहाेर्याएर चुनाव उठेका नेताहरुले पछि गर्नि काम भन्दा पनि आफूले गरेकाे काम देखाएर भाेट माग्ने हिम्मत राख्नुपर्ने बताएका छन् ।

    लाेकतान्त्रिक-वाम गठबन्धन पाँचपाेखरी थाङ्पालले गरेकाे चियापान तथा अगुवा कार्याकर्ता भेलालाइ सम्बाेधन गर्दै माओवादी केन्द्रका पाेलिटव्यूराे सदस्य समेत रहेका दुलालले यस्तो बताएका हुन्।

    उनलेे सिन्धुपाल्चोक २ का एमाले उम्मेदवार तथा निवर्तमान सांसद शेरबहादुर तामाङलाई इङ्कित गर्दै चुनावकाे बेला ठुलाठुला काम गर्छु भनेर गफ दिने चुनाव जितेर काम नगर्ने नेतालाई पुनः चुनावमा उठ्ने नैतिक अधिकार नहुने बताए ।

    प्रतिनिधि सभा २ का उम्मेदवार माेहनबहादुर बस्नेत बाेलेकाे पूरा गर्ने विकासवादी नेता भएकाले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरे ।

    बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री दुलालले आफुले गत चुनावमा भाेट माग्दा गरेकाे जनतासामु गरेकाे अधिकांश बाचाहरु पूरा गरिसकेकाे र बाँकि बाचा पनि पूरा गर्दैजाने बताए ।

    देशकाे आवश्यकताले गठबन्धन निर्माण भएकाे उल्लेख गर्दै गठबन्धनले जितेपछि देशले समृद्धिकाे ढाेका खाेल्ने दाबी गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस