२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

गठबन्धनका उम्मेदवारकाे एकै स्वर : जित कसैले राेक्न सक्दैन (तस्वीरहरू)

  • २०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • कात्तिक ४, २०७९

    चाैतारा । उम्मेदवारी मनोनयनपछि सत्ता गठबन्धन कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै एकसाथ जाने उद्रघोष गरेका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवारहरु चुनावी अभियानमा एकसाथ जुटेका हुन् ।

    सदरमुकाम चौताराको आँलडाडामा आज शुक्रबार गठबन्धन दलका नेता तथा उम्मेदवार एकसाथ एउटै मन्चमा देखिएका हुन् ।

    सिन्धुपाल्चोकमा कुनै सिट नपरेका एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि मञ्चमा बोल्दै गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता जाहेर गरे। उनीहरूले गठबन्धनलाई एकढिक्का बनाएर लगेपछि जित कसैले राेक्न नसक्ने उल्लेख गरे।

    तस्वीरहरू

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस