२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

सिन्धुपाल्चोकको विकासमा निरन्तर लागेकाले जित्नेमा ढुक्क छु : सुवोेध

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज २४, २०७९

    चौतारा । सत्ता गठबन्धनको तर्फबाट सिन्धुपाल्चोक १ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा सुवोेधले सिन्धुपाल्चोकको विकास र सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन्।

    उम्मेदवारी दर्तापछि उनले वाम-लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह समेत गरेका छन्।

    उनले फेशबुकमा लेखेका छन्, ‘वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र न। १ बाट साझा उमेदवारका रुपमा मनोनयन दर्ता गरेको छु । हाम्रो प्रमुख एजेन्डा यस क्षेत्रको समग्र विकास नै हो । दुई दशक यता सिन्धुपाल्चोक विकास र सामाजिक कार्यमा निरन्तर लागिरहेको छु । यस क्षेत्रका समग्र मतदाताका भावना अनुसार अगाडि बढ्ने प्रतिबदता व्यक्त गर्दै बाम लोकत्रान्तिक गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिएर बिजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस