२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

‘नाका सञ्चालनमा सरकारले वेवास्ता गरेपछि व्यापारीले मृत्यु रोजे’

  • २०७९ भाद्र २६, आईतबार मा प्रकाशित १ साल अघि
  • भदौ २६, २०७८

    चौतारा । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताएका छन्।

    आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र बुझेपछि सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताएका हुन्।

    नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए। उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए।

    उनले भने, ‘कोरोनाको नाममा अब पनि नेपालले गर्ने व्यापार, व्यवसाय र चीनले गर्ने व्यापार व्यवसाय साथै नाकामा हुने व्यापार, व्यवसाय रोकिनु हुँदैन । हामीलाई आशा छ कि अबको दिनमा नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार हुँदै जानेछ । नेपाली, व्यापारीहरुले पनि आत्महत्या गर्नुपर्ने अवस्था आउनेछैन । पहिला त त्यहाँबाट यता ३२ किलोमिटरका वासिन्दालेत झिटिकुण्टाको सुविधा पनि पाएका थिए । त्यो पनि अहिले पाएका छैनन्, त्यो सुविधाका बारेमा पनि हामी नेपाल पक्षसँग पनि कुरा गर्छौं र चिनियाँ पक्षले पनि सहयोग गर्छ ।’

    व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए।

    ‘यो व्यापार फस्टाउँदै गएको अवस्थामा त्यो पनि हुनसक्छ । सबैलाई हुने गरेर अब व्यापार, व्यवसाय अघि बढ्नका लागि यो सरकारले वातावरण बनाउन पल गर्छ’ उनले भने, ‘व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुँदै जाने, नेपाली पक्षको अवस्था राम्रो बन्नेछ । नाका राम्रोसँग सञ्चालन हुँदा नेपालमा बजार भाउ व्यवस्थापन हुनेछ ।’

    ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए।

    समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे।

    अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे। नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए।

    ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए।

    उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए। अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सुसञ्चालनबारे पहल गरिदन आग्रह गरे।

    पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटा सम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस