२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

तातोपानी नाका खुलाउने प्रयास भइरहेको छ : मन्त्री खड्का

  • २०७९ भाद्र २६, आईतबार मा प्रकाशित १ साल अघि
  • भदौ २६, २०७९

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्।

    आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग कुरा गरिरहेको बताएका हुन्।

    चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए। दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने बताए।

    उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उहाँसँगको भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताए। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा आउँदैछन्।

    ‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु। यो चापलाई जकिसक्दो चाँडो खुलाउनुप¥यो भनिरहेको छु। भोलि चिनियाँ राष्ट्रिय काँग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ’ उनले भने, ‘यसबारेमा मसँग पर्सिं शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला । यसलाई म तदारुकताका साथमा दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने हिसावले पहल गर्नेछु । यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस