२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

सिन्धुपाल्चोक-१ बाट मोहन बस्नेतको नाम सिफारिस

  • २०७९ भाद्र १६, बिहिबार मा प्रकाशित १ साल अघि
  • भदौ १६, २०७९
    चाैतारा । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष तर्फबाट चुनाव लड्न मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    त्यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोक–१ को प्रदेशसभा तर्फको २ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ भने २० जनाको नाम सिफारिस गरिएको छ ।

    प्रदेशसभा तर्फ सिन्धुपाल्चोक–१ (क) का लागि प्रत्यक्षबाट चुनाव लड्न ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा भोला बोहोरा, विष्णुबहादुर खत्री, स्याङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, बेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहेका छन् ।

    त्यस्तै सिन्धुपाल्चोक–१ (ख) का लागि प्रत्यक्षतर्फ चुनाव लड्न ९ जनाको नाम सिफारिस गरिएको छ । जसमा देवेन्द्र खड्का, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जि.सी., सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र सर्मिता घिमिरे खड्काको नाम सिफारिस गरिएको छ ।

    समानुपातिक तर्फ सिन्धुपाल्चोक–१ (क) बाट हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिस गरिएको छ भने सिन्धुपाल्चोक–१ (ख)बाट दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, डिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

    क्षेत्रीय समितिले जिल्ला समितिलाई सिफारिस गरेको नाम माथि आफ्नो राय समावेश गरेर प्रदेश समितिलाई पठाउने छ भने प्रदेश समितिले केन्द्रलाई पठाउने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस