२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

मेलम्ची खोला सडकमा, बाटो अवरुद्ध

  • २०७९ श्रावण २३, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन २३, २०७९

    चाैतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, सिमखेतमा सडक अवरुद्ध भएको छ । बहाव बढेर मेलम्ची खोला सडक हुँदै बगेको स्थानीयले बताएका छन् ।

    गत वर्ष असार १ गतेको बाढीले सडकमा क्षति पुगेको थियो । त्यस स्थानमा ढुंगासहित तारजाली राखेर सवारी आवागमन सञ्चालन गरिँदै आएको थियो ।

    स्थानीयका अनुसार हिजो पनि यहाँ सडक अवरुद्ध भएको थियो । पछि यातायातका साधन सञ्चालनमा आए पनि आज पुनः अवरुद्ध भएको हो ।

    अहिले स्काभेटरको सहायतामा अवरोध हटाउने कार्य जारी रहेको स्थानीयले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस