२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

उर्लियाे मेलम्ची, तस्वीरहरू

  • २०७९ श्रावण २१, शनिबार मा प्रकाशित १ साल अघि
  • साउन २१,२०७९

    चाैतारा । भारी वर्षाका कारण सिन्धुपाल्चोककाे मेलम्ची नदीको बहाव बढेको छ। हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ। 

    मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार हेलम्बु गाउँपालिका–१ हुँदै आउने खोलाको बहाव बढेको हो।

    केही विद्यालय र सडक उच्च जोखिममा परेका छन्।

    मेलम्ची बजारमा एसएमसमार्फत बेला बेलामा त्यहाँको अवस्थाबारे जानकारी गराइएको छ।

    गत वर्ष मेलम्चीमा आएको बाढीबाट ठूलो मात्रामा धनजनको क्षती भएको थियो। बाढीले वितण्डा मच्चाएको एक वर्षपछि पुनः वर्षायामसँगै नदी बढेपछि स्थानीयहरु त्रसित छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस