२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • साउन ११, २०७९

    चाैतारा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

    एसईईको नतिजा सार्वजनिक गर्न बुधबार दिउँसो ३ बजे बोर्डको बैठक भक्तपुरमा बसेको थियो।

    परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार विगतको जस्तो गल्ती हुन नदिनमा कडाइका साथ चेकजाँच गर्दा केही ढिला हुन गएको बताएका छन्।

    स्थानीय तहको निर्वाचनका कारण केही दिन नतिजा पर धकेलिएको रायमाझीले बताएका छन्।

    शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक-शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला हुँदा नतिजा पनि ढिला आएको हो।

    कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भएको थियो। यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

    परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए।

    यसरी हेर्न सकिन्छ नतिजा

    एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।

    परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

    नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ।

    त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ।

    यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

    ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस