२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

माओवादीले एक्लै चुनाव जित्छ, मोहनजीको घमण्ड टिक्दैन : सुवोध

  • २०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • असार ३०, २०७९

    चौतारा : नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा सुवोधले सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी पहिलो पार्टी भएको दाबी गरेका छन्।

    एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा सो क्षेत्रमा अग्निप्रसाद सापकोटाले फेरि चुनाव जित्ने दाबी गरेका हुन्।

    उनले भने, स्थानीय तहको निर्वाचनमा पनि मोहन बस्नेतले गुण्डागर्दी गरेर पैसा वितरण गरेर धाँधली गरेका छन्, हामीले स्वच्छ ढंगले प्रतिस्पर्धा गर्दा कांग्रेस ५ पालिका जितेर पहिलो र हामी ४ पालिका जितेर दोस्रो भएका छौँ।’

    सिन्धुपाल्चोकमा कांग्रेससँग माओवादी एक्लै लड्न तयार रहेको दाबी गरे।

    ‘मोहनजीलाई एक्लै हराएर अग्नि सापकोटाले जित्नुहुन्छ। माओवादी पहिलो पार्टी भएकाले उहाँको जित सुनिश्चित छ। उहाँ आफ्नो पार्टी सभापति शेरबहादुरजीलाई त मान्नुहुन्छ’ उनले भने, ‘अरुको कुरा नसुन्नु सामान्य हो।

    अहिले एक्लै चुनाव जित्छु भनेर घमण्ड नगर्न चेतावनी दिए। उनले देशव्यापी रुपमा गठबन्धनको दोस्रो र कम्युनिष्टको पहिला पार्टी बनेर सत्ताको निर्णायक शक्ति बन्ने दाबी गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस