२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

सरकारलाई सभामुखको निर्देशन : मूल्यवृद्धि कारणबारे सदनमा जानकारी गराउनू

  • २०७९ अषाढ ६, सोमबार मा प्रकाशित १ साल अघि
  • असार ६, २०७९

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धि कारणबारे कारणबारे संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

    सोमबारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्‍मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण खोज्दै संसद चल्न नदिने चेतावनी दिएपछि सभामुखले सरकारलाई कारण पेश गर्न निर्देशन दिएका हुन्।

    मूल्यवृद्धिमा सरकार मौन रहेको आरोप लगाएपछि सभामुखले रुलिङ गर्दै भने, ‘माननीय सदस्यहरुले उठाएको बिषयमा मेरो गम्भिर ध्यानकर्षण भएको छ। र सरकारको ध्यानकर्षण गराउन चाहन्छु। सरकारले यस बिषयमा सत्य तथ्य सदन समक्ष पेश गर्न निर्देश गर्छु।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस