२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

गाँजा प्राणघातक रोगको औषधि हाे, व्यवस्थित गरौँ : शेरबहादुर तामाङ

  • २०७९ जेष्ठ २९, आईतबार मा प्रकाशित १ साल अघि
  • जेठ २९, २०७९

    चाैतारा । नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले गाँजा बन्‍ने सीबीडी र सीबीडीबाट बन्‍ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे ।

    गाँजाको औषधिय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे ।

    गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधिय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस