२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

मेलम्चीमा वर्षाले बगाएकाे अस्थायी पुल मर्मत गरिँदै

  • २०७९ जेष्ठ २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • जेठ २६, २०७९

    चाैतारा । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ।

    वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित अस्थायी पुलमा क्षति पुगेको छ। पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ।

    अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ। मेलम्ची नगरपालिका–७ र ११ जोड्ने अस्थायी कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस